यतिबेला लहान बजारको झण्डा पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकटक बनाउन युवायुवतीहरूको ठूलै भीड हुन्छ । लहान वरपरका स्थानीय र गाउँ देहातबाट पढ्न आउने युवाहरूको लागि रमणीय ठाउँ भएको छ झण्डा पार्क । पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन । ५० वटा नेपाली झण्डा फहराइएको छ तर मानिसहरु गाडी रिजर्भ गरेर समेत झण्डा पार्क हेर्न ओइरिन्छन् । अहिले चर्चामा रहेको झण्डा पार्क लहान नगरपालिकाले सार्वजनिक जग्गा सं