बाम गठबन्धनको बहुमत ल्याएसँगै सेयर बजारका लगानीकर्ता केही डराएको जस्तो देखिन्छ । गत साताको सेयर बजारमा सेयर परिसूचक (नेप्से) १० अंकले ओरालो लागेकाले पनि लगानीकर्ता केही हतोत्साहि भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । तथापि ५ वर्षसम्म स्थायी सरकार आउने आशामा सेयर बजारमा खरिदकर्ताको चाप पनि पर्न लागेको देखिन्छ । गत बिहीबारको सेयर खरिद–बिक्री चापलाई हेर्दा आइतबार परिसूचक उकालो लाग्ने सम्भावना छ ।