युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख गरे ।उनले भने– ‘हरेक देशमा स्काउटको प्रमु