दराजको ११.११ अभियानमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई २ हजार रुपैयाँसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११.११ अभियानमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंक र दराजबीचको सहकार्यमा यो योजना २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुनेछ । योजनाअन्तर्गत डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत, अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । […]