निर्वाचनको परीक्षामा प्रधानमन्त्री कार्की पास, आशा गरौँ परिणाम देश र जनताको पक्षमा आउनेछ

नेपालले आज अर्को महत्वपूर्ण लोकतान्त्रिक अभ्यास पूरा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछिको असामान्य राजनीतिक परिस्थितिमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको देखिन्छ । दिनभर देशभर सञ्चालन भएको मतदान प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता देखियो, यसले नेपाली लोकतन्त्रप्रतिको जनविश्वास अझै जीवित रहेको सन्देश दिएको छ । […]