आईसीसी लिग २ को घरेलु शृंखलाका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । आइसीसी विश्वकप लिग २ को आगामी सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। बन्द प्रशिक्षणमा अधिकांश राष्ट्रिय टोलीमा नियमित खेलिरहेका खेलाडीहरू रहेका छन्। बागमती प्रदेशका शीर्षक्रमका ब्याटर इशान पाण्डे पनि यसपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा […]