काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । ।नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।