पर्याप्त आवेदन नपरेपछि २६ सदस्य पदका लागि पुनः आवेदन आह्वान

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मातहतका छ वटा परिषद् तथा समितिमा रिक्त २६ सदस्य पदमा मनोनयनका लागि पुनः आवेदन आह्वान गरेको छ । मन्त्रालयले यसअघि कात्तिक २० गते जारी गरेको सूचनाअनुसार पर्याप्त आवेदन नपरेपछि मङ्सिर ७ गते पुनः सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई रोस्टरमा सूचीकृत हुने अवसर दिएको हो । […]