काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक भएको सांसद खगेन्द्र सुनारमाथि कारबाहीको मागसहितको विज्ञप्ति ‘फेक’ भएको दाबी गरेकी छन्। बाँस्कोटाले महिला सांसदहरूले कुनै पनि छुट्टै विज्ञप्ति जारी नगरेको स्पष्ट पार्दै उक्त विज्ञप्तिको भ्रममा नपर्न आग्रह गरेकी छन्। महिला सांसदहरूले सुनारमाथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको विवरण सार्वजनिक भएपछि बाँस्कोटाले त्यसको खण्डन […]