काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा खोलानालामा जलसतह बढ्ने पूर्वानुमान गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार हालसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर, भदौ ३१ देखि असोज २ गतेसम्म अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने […]