बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन । रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ […]