ईपीएस फारम भर्ने आज अन्तिम दिन, ७४ हजारभन्दा बढीले दिए आवेदन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने नेपालीको संख्या ७४ हजार नाघेको छ । ईपीएस कोरिया शाखाका अनुसार कोरियाले माग गरेको ७ हजार २ सय रोजगारी कोटाका लागि हालसम्म ७४ हजार १५३ जनाले आवेदन दिएका छन् । कोरियाले गत साउन ५ गते ईपीएस प्रणालीमार्फत आवेदन आह्वान गरेको थियो । […]