अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा दुई प्रतिस्पर्धी नेताबीच भएको चुनावी अंकमालको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक व्याख्या गरिएपछि सम्बन्धित नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । जिल्ला सभापतिमा विजयी सीता पराजुली र उनका प्रतिस्पर्धी दिनेश सुनार ‘विकल्प’ ले संयुक्त प्रष्टीकरण जारी गर्दै आफूहरूबीच दिदी-भाइको पवित्र सम्बन्ध रहेको प्रष्ट पारेका छन्। […]