एजेन्सी । जापानले पश्चिम एशियामा जारी द्वन्द्वकाबीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानले शुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्ने भएकाे हाे । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिने भएकाे छ […]