छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् …

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो

मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ ।