सांसदहरूलाई सोधिएको स्पष्टीकरणविरुद्ध खनाल–नेपाल पक्ष सर्वोच्च अदालतमा

२७ जना सांसदलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले तीन दिने स्पष्टीकरण सोधेपछि नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालत गएको छ । आफूहरूलाई सोधिएको स्पष्टीकरण अनुचित भएकाले सो कारवाही रोक्न भन्दै नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।  बुधवार निवेदन दिइएको रिट बिहीवार दर्ता भएको छ । सोमवार बसेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति)को निर्णय अनुसार नेपाल पक्षका सांसदलाई सांसद् पदबाट किन कारवाही नगर्ने भन्दै मंगलवार स्पष्टीकरण सोधिएको थियो ।  संविधान, कानून र पार्ट...