एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ

काठमाडौँ,२२ पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ । आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा […]