नबिल बैंकले ल्यायो दशैं अफर

काठमाडौं, १ असोज । मुद्दती खातामा ग्राहकहरुलाई नबिल बैंकले वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएको छ । बैंकले दशैंको अवसरमा नबिल बैंकले असोज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्तो आकर्षक योजना ल्याएको हो । बैंकको उदेश्य अनुसार मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने जनाएको […]

सम्बन्धित सामग्री

नबिल बैंकको दशैं अफर: मुद्दतीमा ९.२६ प्रतिशतसम्म ब्याज

नबिल बैंक Nabil Bank Limited  ले दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने  बैंकको उदेश्य रहेको बैंकले उल्लेख गरेको छ । बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।