मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । पुल बगाएपछि गुलरीया नगरपालिकाको मुख्य सडक सम्पर्क बिच्छेद भएको छ । समाचार अनुसार बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो …