काठमाडौं। भारतमा दैनिक दुई लाखसम्मको संख्यामा कोरोना संक्रमित थपिएपछि भारतका अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटरको अभावसँगै रेमडिसिभिर र टोसिलिजुमेबजस्ता औषधि पनि अभाव हुन थालेको छ। यी दुवै औषधिबारे संसारभर बहस भने जारी छ।भारतलगायत कतिपय देशमा आपतकालीन अवस्थामा यी दुवै औषधि प्रयोग गर्न स्वीकृति दिएकाले पनि यसको अभाव भएको हो। औषधि निर्माता कम्पनीले सकेसम्म बढी उत्पादन गरिरहेको बताएको छ।(बीबीसी)