तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – तनहुँको देवघाट गाउँपालकिाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले जितेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्पिर्धी नेकपा एमालेका दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्...