पत्रकार महासङ्घकाे केन्द्रीय महाधिवेशन शुरु - NepaliPatra

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान उद्घाटन गरे । महाधिवेशनमा महासङ्घका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । महाधिवेशन शुरु हुनुअघि पत्रकारहरूले शान्तिबाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरेका थिए । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र […]

सम्बन्धित सामग्री

पत्रकार महासंघले सार्वजनिक गर्‍यो १५ बुँदे घोषणापत्र

१५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सुर्खेतमा समापन भएको छ । ८ पुसमा शुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको शुक्रवारबाट १४ औ केन्द्रीय महाधिवेशन शुरु हुँदैछ । सोही क्रममा  उक्त पार्टीले काठमाडौंको भृकुटिमण्डपमा १४ औं महाधिवेशनको उद्घाटन गर्न लागेको हो ।   महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वाप्रकाश शर्माले जानकारी दिएका छन् । ‘उत्साहा एकता रुपान्तरण, सफल बनाउ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मुल नाराका साथ महाधिवेशन शुरु हुँदैछ ।    महाधिवेशन सम्पन्न भएपश्चात् नेपाली कांग्रेस पार्टी संघीय संरचनामा जाने छ । उक्त महाधिवशेनबाट पार्टीको १६९ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । महाधिवेशनमा मुलुकभरबाट ४ हजार ३९५ महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने केन्द्रीय निर्वाचन समितिले बताएको छ ।

कांग्रेस महाधिवेशन : प्रदेशको अधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज (शुक्रबार)देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुने जानकारी दिएका हुन् । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ । तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण […]

गोरखामा कांग्रेसका ५० महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै

१६ असोज, गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु भएको छ । अधिवेशनले क्षेत्रीय सभापतिसहितको कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा सभापति र केही पदाधिकारी सर्वसम्मत चयन भइसकेका छन् । बाँकी पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि […]

कांग्रेस महाधिवेशनमा ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन भदौ १८ देखि शुरु गरिसकेको छ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा, गाउँ/नगर, क्षेत्र, जिल्ला प्रदेश हुँदै मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । अघिल्लो अधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेकोमा यो अधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ । यो अधिवेशनका लागि ९ लाखको हाराहारीमा क्रियाशील सदस्यता बनाएको कांग्रेसको केन्द्रीय कार्यसमिति ...

अहिलेसम्म कांग्रेस सभापतिमा तीन जनाको टक्कर, दाबेदार सबै नेविसंघ हाँकेकाहरु

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा ९ बाट तोकिएको छ। लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भने यही १८ गते वडा अधिवेशनबाट हुँदैछ। यही क्रममा नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा शुरु गरेका छन्। भदौ ११ गते उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने उद्घोष गरे। सोही कार्यक्रममा पूर्वमन्त्री…

‘योभन्दा अक्षमता के हुनसक्छ !’

२८ साउन, काठमाडौं । पछिल्लो पटक संशोधित १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुसार अधिवेशन शुरु भएको भए नेपाली कांग्रेसले वडादेखि जिल्लामा नयाँ नेतृत्व पाइसक्थ्यो । भदौ १६–१९ सम्म केन्द्रीय महाधिवेशन हुन्थ्यो । तर कांग्रेस अहिले पार्टीको वैधानिकता कसरी जोगाउने भन्ने कानूनी छिद्रको खोजीमा छ । नेताहरुका अनुसार निर्वाचन आयोगलाई विश्वासमा लिएर भदौ २३ बाट अहिले वडा […]

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्नका लागि पदाधिकारीको बैठक डाकेको छ। आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक तय भएको छ। बैठक २ बजे बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भदौ १६ बाट केन्द्रीय महाधिवेशन शुरु हुँदैछ। महाधिवेशन नजिकिए पनि कांग्रेसको क्रियाशिल सदस्यको…

एमालेको बैठक बालुवाटारमा शुरु, विष्णु रिजाल पनि सहभागी

काठमाडौं। नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। बैठकको अध्यक्षता गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। अध्यक्ष ओलीले कुनै गुटका विचारलाई मान्यता र स्थान नदिइने बताएका छन्। बैठकमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। माधवपक्षका विष्णु रिजाल र सोम मिश्र बैठकमा सहभागी छन्। बैठकभरि विष्णु रिजाल कालो चश्मा र मास्क लगाएर बसे।

नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा शुरु

नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेसन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ । महाधिवेसन उदघाटन् गर्दै नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले नेपाल र भारतको सम्बन्ध बुझ्न सीमा नाकामा आए सजिलो हुने बताउनुभएको छ । उहाँले राजधानीमा बसेर दुबै देशको सम्बन्ध तय गरिने गरिएकोलेनै बेला बेलामा सीमानामा समस्या आउने गरेको बताउनुभयो । भूगोलले नेपाललाई भारततर्फ फर्काएको हुँदा दुबै देशका करोडौं जनताका सम्बन्ध प्रत्यक्ष गाँसिएको जनाउँदै उहाँले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको चाहना अनुसार नै नेपाल भारत सम्बन्ध सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो ।