काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई बजेटको खड्गो हुँदै नभएको बताएका छन् । ‘बजेटमा विवाद भएको होइन, बजेट संशोधन गर्ने कि नगर्ने भन्ने विवाद थियो । बेलायतको पुरानो सय वर्ष पुरानो चलन भन्दै स्याल हुइँया मच्चाइयो । सरकारले चाहेमा बजेट संशोधन गर्न सक्थ्यो । […]
काठमाडौँ। नेपाली कांग्रेसले पूर्वसांसद पुरूषोत्तम बस्नेतको निधनमा पार्टीको झण्डा आधा झुकाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने भएको हो।
वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झण्डा आधा झुकाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ । मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिनुभएको थियो । जवाफमा सभापति देउवाले मापदण्ड […]
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो।कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ,
चितवन- पूर्वसांसद तथा अधिवक्ता जगन्नाथ पौडेललाई नेपाली कांग्रेस बिपी पार्टीले साथ दिने भएकाे छ। पौडेल समूहलाई समर्थन गर्दै बिपी समूह चितवनमा घरदैलोमा निस्किएको छ। कांग्रेस बिपी पार्टीका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले सत्य र निष्ठाको लडाइँ गर्दै गर्दा आज पैसा खर्च गर्न सक्नेहरूले भोट किनेको र सच्चा कांग्रेसलाई नै प्रभावित पारेको आरोप लगाए। जगन्नाथ पौडेलले बिपीवादको […]
काठमाडौँ – पार्टी निर्देशनको अवज्ञा गरेको आरोपमा नेपाली कांग्रेसले चितवनबाट पाँच जनालाई निष्कासित गरेको छ। निष्कासनमा पर्नेमा पूर्वसांसद भीमबहार श्रेष्ठसमेत परेका छन्। गठबन्धनबाट चितवनको प्रमुखमा माओवादीलाई लिएपछि त्यसको विरोधमा लागेपछि कांग्रेसले कारबाही स्वरूप निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल पूर्व जिल्ला सचिव आनन्दराज […]
काठमाडौं : नेपाली कांग्रेसले भरतपुरमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै पार्टीबाट निलम्बन गरेको बताएका छन्। कारवाही पर्नेमा भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूर्व क
काठमाडौं : नेपाली कांग्रेसले पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित चितवनका पाँच जनालाई पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेसले पूर्वसांसद श्रेष्ठलाई निलम्बन गरेको हो।
उनीसहित नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील…
दाङ : नेपाली कांग्रेसको भागमा परेको तुलसीपुर उपमहानगरको मेयर पदमा कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ।शनिबार तुलसीपुर उपमहानगरको मेयर पदमा सत्तापक्ष गठबन्धनबाट पूर्वसांसद समेत रहेका गिरीलाई कांग्रेसले टुंगो लगाएको हो।नेपाली कांग्रेस लुम्बिनी प्रदेशले उनलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर नगर सभापति सुरेश हमालले जानकारी दिए। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट तुलसीपुरको मेयरमा उम्मेदवार बनेका थिए। त्यतिवेला उनी एमालेका उम्मेदवार घनश्
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो केन्द्रीय निर्वाचन समितिको संयोजकको पदमा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ। नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादवलाई नियुक्त गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।