प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ ।
सरकार गठन भएको ३ महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको देखिएन ।
देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।
देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस/आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्...