पार्टी विभाजन होला तर जनमत विभाजन हुँदैन, अन्तिम फैसला जनताले गर्नेछन्– राजेन्द्र महतो

काठमाडौं। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले प्राविधिक रुपमा दल विभाजन गरेपनि जनमत विभाजन गर्न नसक्ने बताएका छन्। आफूहरु अब जनतामा जाने र अन्तिम फैसला जनताले गर्ने महतोले बताए। आयोग परिसरमा पत्रकारसँग महतोले भने–“दल कतै गएको छैन, दल जनताबाट निर्माण हुने हो, जनता हाम्रै पक्षमा छन्।”मधेशका जनताले ठूलो आस गरेको पार्टी विभाजनमा जानु दूभाग्यपूर्ण रहेको उनको भनाई थियो।

सम्बन्धित सामग्री

लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको सनाखत भएको छ ।निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरू तथा सांसदहरूको सनाखत भएको हो । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूले सरकारले २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका […]

सरकारमा काग्रेस र माओवादीलाई सहभागि गराउन प्रदेश २ का मन्त्रालय फुटाउने तयारी

वीरेन्द्र रमण जनकपुर– जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समुह संघीय सरकारमा सहभागि भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको छ । पार्टी विभाजन हुन लागेपछि उपेन्द्र यादव पक्षले जसरी पनि प्रदेश–२ को ...