चार्ली च्याप्लिन हास्यव्यंग्य क्षेत्रमा प्रख्यात नाम हो । मानिसलाई हँसाएरै उनी संसारभर उत्कृष्ट अभिनेताका रूपमा परिचित छन् । धेरै मानिसलाई हँसाएर खुसी पार्ने उनै चार्ली च्याप्लिनको जीवन भने दुःखैदुःख र हण्डर खाएरै बितेको थियो । लन्डनका गल्ली–गल्लीमा सडक जीवन बिताएका उनको कथा निकै संघर्षले भरिएको छ ।