रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

दैलेख : नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण २ हजार बढी कुखुरा मरेका छन्। कुखुरा मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परीक्षणबाट कुखुरामा रानीखेत रोग प्रमाणित भएको हो। स्थानीयका कुखुरा मर्न थालेपछि त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्दा मरेका कुखुरामा रानीखेत रोग प्रमाणित भएको नाैमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु सेवा प्राविधिक टेकबहादुर कुँवरले बताए।पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्ट