सचिव पद खाली हुँदा निकायकाे काम र प्रभावकारितामा सिधा असर

काठमाण्डाै – निजामती सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरे पनि संसदीय सुनुवाइ नहुँदा नियुक्त भएकाहरूले काम गर्न सकिरहेका छैनन् ।  नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली छ । आजसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयको पशुपक्षी हेर्ने सचिवका साथै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि हेर्ने सचिव, राष्ट्र...