राजस्व संकलनका लागि विशेष योजना बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा उहाँले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताउनुभयो । आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभयो । […]