बैठकका लागि सबैलाई फोन गरिएको छ, सबैलाई एसएमएस गरिएको छ। आफ्नो पार्टीमा त आफैं जाने हो नि! पत्रकारलाई थाहा हुने अनि उहाँहरूलाई थाहा नहुने भन्ने हुन्छ। ल मान्नुस्, प्रधानमन्त्री ओलीले नडाकेको भए मेरो पार्टीमा मलाई नडाक्न पाइन्छ भनेर आउन सकिन्थेन? पेरिसडाँडामा लुरूलुरू जान मिल्ने आफ्नो पार्टीमा आउन नमिल्ने भन्ने हुन्छ?