अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन

दाङ – रोटरी क्लब अफ दाङले बिरामीलाई लकडाउनको समयमा सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डाक्टर चेतनारायन पाण्डेले जानकारी दिनुभयो । एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएका अटोको एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । ५ वटा अटोलाई एम्बुलेनसका रुपमा थप्ने योजना रहेको क्लबका अध्यक्ष डा पाण्डेले जानकारी दिनुभयो...

सम्बन्धित सामग्री

बन्दले प्रभावित सुदूरपश्चिमको जनजीवन (फोटो फिचर)

कञ्चनपुर : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै गरेको नेपाल बन्दका कारण महेन्द्रनगर बस पार्कबाट लामो र छोटो दूरीका सवारीसाधन छुट्न सकेका छैनन्। बजार क्षेत्रमा भने अटो रिक्सा र निजी सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्। झलारी, महेन्द्रनगर, दैजी, बेलौरीलगायत बजारका पसल भने खुलिरहेका छन्।एम्बुलेन्स, फोहर फाल्ने साधन र दुग

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।

अटेर गरेको आरोपमा व्यवसायी र अटो एम्बुलेन्स प्रहरी नियन्त्रणमा

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव

संक्रमितलाई सेवा दिन खटिएका अटो-एम्बुलेन्स चालक नै तिरस्कारको सिकार !

मकवानपुर : कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाज

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।  नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई ...

तुलसीपुरमा ‘अटो एम्बुलेन्स’ सञ्चालन

दाङ (अस) । कोरोना संक्रमितको संख्या बढ्दै गएर एम्बुलेन्सको अभाव हुन थालेपछि दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ । तुलसीपुर क्षेत्रका जनप्रतिनिधि र व्यवसायीको सहकार्यमा ९ ओटा अटोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडामा पायक पर्ने स्थानबाट साविककै भाडादरमा ती अटो एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले बताए । ‘अहिलेको अवस्था भनेको समयमा, त्यो पनि स्थानीयस्तरमा एम्बुलेन्स पाइने अवस्था छैन,’ उनले भने, ‘यो समस्याको समाधानका लागि अटो एम्बुलेन्स सञ्चालन गरेका हौं ।’ नगर क्षेत्रमा अटो एम्बुलेन्सहरूले शुक्रवारदेखि नै सेवा दिन थालेका छन् । अटो एम्बुलेन्स पहिचानका लागि ब्यानर र स्टीकर टाँसिएको छ । अटो चालकले बिरामीबाहेक अन्यलाई बोकेमा कारबाही गरिनेछ । उनीहरूलाई स्वास्थ्य सुरक्षाका लागि पीपीई र स्यानिटाइजर लगायत सामग्री उपलब्ध गराइएको छ ।

इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालन - Purbeli News

इटहरी / सुनसरीकाे इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालनमा आएकाे छ । शनिबारबाट एरिना टेलिभिजनले इटहरीमा एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ कार्यको थालनी गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छन् । कोरोनाको बढ्दो संक्रमणसँगै बिरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले अभावलाई...

इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालन - Purbeli News

इटहरी / सुनसरीकाे इटहरीमा अटो एम्बुलेन्स सेवा सञ्चालनमा आएकाे छ । शनिबारबाट एरिना टेलिभिजनले इटहरीमा एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ कार्यको थालनी गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छन् । कोरोनाको बढ्दो संक्रमणसँगै बिरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले अभावलाई...

एम्बुलेन्सको अभाव भएपछि अटो एम्बुलेन्स

तुलसीपुर क्षेत्रमा एम्बुलेन्सको अभाव हुन थालेपछि शुक्रबारदेखि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यस क्षेत्रका चार जना युवाहरुले अटो एम्बुलेन्स सञ्चालन व्यवस्थापनको संयोजन गरेका हुन् । शुक्रबार नौ वटा अटो एम्बुलेन्स व्यवस्थापन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालका अनुसार तुलसीपुरका १९ वटै वडामा पायक पर्ने स्थानमा साविककै भाडादरमा शुल्क लिने गरि ती अटो एम्बुलेन्स सञ्चालन व्यउवस्थापन गरिएको छ । कुमालका अनुसार ती एम्बुलेन्सले तुलसीपुर क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीहरुलाई ल्याउन लैजान सक्ने व्यवस्था मिलाइएको छ । ती अटोको पहिचानका लागि अटोमा ब्यानर र स्टीकर टाँगिएको छ ।