विष्णु शर्मा

मई ८ को दिन भारतको दक्षिणी राज्य तेलङ्गानाको करिमनगर सहरमा चुनावी सभालाई सम्बोधित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘चुनावको घोषणालगत्तै राहुल गान्धीले अम्बानी–अडानीलाई गाली गर्न बन्द गरे । मेरो प्रश्न हो, शहजादा (राहुल गान्धी) ले अम्बानी–अडानीबाट कति माल पाएका छन् ? दुवैले कति कालो धन उनलाई पठाएका छन् ? टेम्पोमा नोटका भारी कांग्रेसलाई आएको छ कि ?’ मोदीले थप सोधे, ‘उहाँहरूमाझ कस्तो लेनदेन भएको छ ? पक्कै दालमा काला भनेजस्तो अवस्था छ किनकि पाँच वर्षसम्म अम्बानी–अडानीलाई गाली गरिरहेका तिमी रातारात चुप भएका छौ । यसको एउटै अर्थ हो, टेम्पोभरि चोरीको माल तिमीले पाएका छौ । देशलाई जवाफ दिनैपर्छ ।’