तपाईं मज्जाले सुते पनि थाकेको जस्तो अनुभव गर्नुहुन्छ ? व्यायाम गर्दा पनि, सही खानेकुरा खाँदा पनि तरोताजा अनुभव गर्नुहुन्न ?
दिनभरि आराम गरे पनि टाउको भारी भए जस्तो हुन्छ ? त्यसो भए तपाईं क्रोनिक फटिग सिन्ड्रोमको शिकार हुनुभयो ।
यो सिन्ड्रोमले मानिसलाई लगातार थकान गराइरहन्छ । विशेषगरी रोगप्रतिरोधक क्षमता कमजोर भएका मानिसलाई यसले सताउँछ । तपाईं जतिखेर पनि थाकेको अनुभव गर्नुहुन्छ र केही काम गर्न पनि मन लाग्दैन ।
यसले शारीरिकका साथै मानसिक थकान गराउँछ । जति आराम गरे पनि फ्रेश अनुभव हुँ...