तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले पश्चिम तराईको जनजीवन प्रभावित

काठमाण्डौ – पश्चिम तराईका जिल्लामा तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले  जनजीवन प्रभावित भएको छ । पश्चिमी न्युन चापीय रेखाको प्रभावका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  मौसमविद् कँडेलका अनुसार अझै केही दिन पश्चिम तराईमा धेरैजसो समय बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना छ । कहिलेकाहीँ कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनेर औपचारिक घोषणा भने गरेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् ।  चिसोका क...