दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । फिल्म रिलिज भएको पहिलो दिन भारतका चेन्नई, बैंग्लोरलगायत केही सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो । जसका कारण बिहानैदेखि फिल्म हलहरूबाहिर रजनीकान्तका फ्यानहरूको भीड लागेको थियो ।