अख्तियारद्वारा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) रामबाबु मण्डलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।