अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७७-७८ को बजेटको अर्धवार्षिक मूल्यांकन गरी बजेटको आकार घटाएको छ । तर, वर्तमान सरकारले बजेटको आकार घटाएको यो पहिलो पटक भने होइन । वर्तमान सरकारले आफ्ना तीनैवटा बजेटको आकार मध्यावधि समीक्षामार्फत घटाएको छ । बजेट तर्जुमा गर्दा कोरोना कहरको संक्रमणको जोखिमका कारण चैत ११ गतेदेखि नै मुलुक बन्दाबन्दीको अवस्थामा थियो । […]