कोरोना संक्रमितलाई खाना खुवाउन सहयोग लिएपछि अस्पताल प्रमुखसँग स्पष्टीकरण

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामको कोषमा लाखौँ रकम रहे पनि कोरोना संक्रमितलाई खाना खुवाउन दातासँग सहयोग लिएको विषयमा प्रदेश सरकारले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग स्पष्टीकरण लिएको छ ।कोभिड– १९ संक्रमितका लागि दातासँग खाना माग गरेको विषयमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवसँग स्पष्टीकरण सोधेका हुन् ।डा. यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन् । अस्पतालले संक्रमितलाई खाना खुवाइदिन भन्द

सम्बन्धित सामग्री

कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई आग्रह

२६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई अनुरोध गरेको छ । अस्पतालले कोरोना संक्रमितलाई खाना खुवाइदिन भन्दै मारबाडी युवा मञ्‍चलाई अनुरोध गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शनिबार मंचलाई पत्राचार गर्दै कोरोना बिरामीहरुको लागि खानाको व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोध […]