कतारमा आवास र श्रमिक भिसा उल्लङ्घन गरेका आप्रवासीलाई कानुनी अवस्था सुधार्ने अवसर

काठमाण्डौ – कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ । कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।  कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो ।  आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् ।  आफ्नो कानुनी अवस्था सुधारको निवेदन सर्च एण्ड फल...