कास्की - सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ ।
पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो । कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् ।
पोखरा महानगरपालिकाको मेयरमा ...