यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो ।यो त नेपाली हवाई उड्डयन क्षेत्रमा भएको लापरवाहीको एउटा प्रतिनिधि घटनामात्रै हो । पछिल्लो समय यस्तै खालका एकपछि अर्