चोलेन्द्रसँग वार्ता नगर्ने बारको जवाफ, राजीनामा नआएसम्म विरोध जारी रहने

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने अडान लिएको छ । न्यायपालिकामा विकृति तथा विसंगतिको नाइके र संरक्षक नै जबरा रहेकाले उनीसँग कुनै वार्ताको औचित्य नभएको बारले बताएको छ ।  सर्वोच्च अदालत परिसरमा भएको धर्नापछि बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशसँग वार्ता नहुने बताएका हुन् ।  ‘तपाईंसँग वार्ता हुँदैन, राजीनामा गर्नुस् । बाँकी न्यायाधीश र सरोकारवालासँग वार्...