एमाले निकट प्रेस चौतारीको महाधिवेशन स्थगित

 पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।  कोरोनाको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको हो । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

सम्बन्धित सामग्री

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यसअघि यही माघ २२ गते देखि २३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने कार्यक्रम तय गरिएको महाधिवेशन कोरोनाको कारण देखाउँदै स्थगित गरिएको हो ।