पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मlनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ।