स्वास्थ्य संस्थामा रिक्त जनशक्ति तत्काल व्यबस्थापन र करार अवधि थप्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

करार कर्मचारीको म्याद नथप्दा सोलु अस्पतालको सेवा बन्द

सोलुखुम्बु : नेचा सल्यान गाउँपालिकामा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द भएका छन्। गाउँपालिकाले यसअघि कार्यरत कर्मचारीको करार अवधि थप नगरेसँगै ती स्वास्थ्य संस्था बन्द भएका हुन्।नेचासल्यान गाउँपालिका-३ मा सञ्चालित नेचासल्यान अस्पताल आइतबारदेखि बन्द गरिएको अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोलाले जानकारी दिए। कोभिड अस्पताललाई नेचासल्यान अस्पतालमा परिणत गरि सञ्चालन गरिएको थियो।उक्त अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित २ जना अहेब, १ जना अनमी, १ जना ल्याब असिस्टेन्ट र २ जना क