वैशाख ४, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्ने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ ।
उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न विधाहरुमा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्न लागीएको मन्त्रालयले सूचना मार्फत जनाएको छ ।
मन्त्रालयका अनुसार बिभिन्न ५ बिधामा यो अवर्ड बितरण हुन लागेको हो । नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेस्नल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ विमेन, नेस्नल आईसीटी ईन्नोभेसन अवार्ड २०२२, नेस्नल आईसीटी अवार्ड २०२२(सार्वजनिक क्षेत्र) र नेस्नल आईसिटि अवार्ड २०२२(निजी क्षेत्र) गरी पाचँ ओटा विधामा अवार्ड प्रस्तुत गर्ने भएको छ ।मन्त्रालयले इच्छुक सार्वजनिक संस्था/ कार्यालय/ कम्पनी तथा व्यक्तिहरुलाई आवेदन पेश गर्नु जानकारी दिएको छ ।
आवेदकले भर्नुपर्ने फारामको ढाँचा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेवसाइटमा उपलब्ध फाराम बैशाख ८ गते बेलुका ५:०० बजे भित्र ईमेल मार्फत मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नु पर्ने जानकारी दिएको छ।