गैरकानुनी रूपमा रकम असुल्दै टोल विकास संस्था

जिल्लाको सदरमुकाम घोराहीमा एक टोल विकास संस्थाले आफ्नो क्षेत्रभित्र व्यवसाय गर्दै आएका व्यवसायीबाट गैरकानुनी रुपमा सहयोग रकम लिने गरेको छ । घोराही उपमहानगरपालिका–१५ भीमसेन टोल विकास संस्थाले टोलमा व्यवसायी गर्दै आएका व्यवसायीसँग रकम लिएको हो । संस्थाले व्यवसायीलाई सहयोग भनेर नगदी रसिद काटेको छ ।