ललितपुरमा गाडिएको अवस्थामा एक शव भेटियो, मोरङ घटनासँग 'कनेक्सन'को आशंका

ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एक शव भेटिएको छ । गोदावरी नगरपालिका १२ धापाखेलस्थित प्रकाश थापा मगरको घर नजिकै ५ फिट खाल्टोभित्र पुरेको अवस्थामा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, शब ५ फिट गहिरो खाल्डो खनेर सिमेन्ट तथा बालुवाले प्लास्टर गरेर पुरिएको थियो ।  बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए ।  मोरङ प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सूचनाको आधारमा सो स्थानमा अनुसन्धान गर्दा शव भे...

सम्बन्धित सामग्री

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो, मोरङ घटनासँग जोडिएको आशंका

माघ २०, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । बरामद […]

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।