बलात्कार विरुद्ध उजुरी गर्न राखिएको हद म्याद हटाउन सांसदको माग

काठमाण्डाै - संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधि सभा बैठकमा भइरहेको छलफलमा सहभागी सांसदले महिलामाथि हुने यौन हिंसा रोक्न कडा कानुन बनाउनु पर्नेमा जोड दिएका छन् । पीडितले उजुरी गर्ने हद म्याद हटाउन र पीडितको संरक्षण गर्न माग गरेका छन्  । सांसद गगन थापाले विद्यालय क्षेत्रमा छात्राहरुले लामो समयदेखि यौन दुर्व्यवहार भोग्न बाध्य भएका घटना सार्वजनिक भइरहेकाले अझै पनि यस्ता घटना धेरै ठाउँमा भएको हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउ...