पशुपति धर्मशाला सञ्चालनमा बतासलाई कुनै अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश

पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।